रुसले वाल स्ट्रिट जर्नलका रिपोर्टरसहित १६ बन्दी रिहा गर्यो

एजेन्सी : रुसले वाल स्ट्रिट जर्नलका रिपोर्टर इभान गेर्शकोविचसहित १६ जना कैदीलाई कारागार मुक्त गरेको छ। अमेरिका र रुसबीचको लामो वार्तामा एक अर्काको देशमा रहेका बन्दी मुक्त गर्न सहमति भएको हो।
एक वर्षभन्दा बढी समयसम्म गोप्य रूपमा भएको वार्ता पछि उक्त सम्झौता भएको हो।
सहमति अनुसार रुसले बन्दी मुक्त गरेपछि यता अमेरिका, नर्वे लगायतका देशमा रहेका आठ जना रुसी बन्दी पनि मुक्त भएका छन्।
ह्वाइटहाउसले १६ बन्दी रिहा भएको र उनीहरू युरोप र अमेरिका फर्कने क्रममा रहेको जानकारी सार्वजनिक गरेको छ।
बदलामा अमेरिका, नर्वे, जर्मनी, पोल्यान्ड र स्लोभेनियाका जेलमा रहेका ८ रुसी बन्दीहरूलाई रिहा गरिएको छ उनीहरूसँगै दुई जना बन्दीका छोराछोरी पनि रुस फर्किएका छन्।
बन्दी रिहा गर्न अमेरिकाले रुस, जर्मनी र अन्य तीन देशहरूसँग वार्ता गरेको थियो। अमेरिकी राष्ट्रपति जो बाइडेनले सम्झौतालाई ‘कूटनीति र मित्रताको उपलब्धि’ को रूपमा प्रशंसा गरेका छन्।
साउन १८, २०८१ शुक्रबार ०८:४५:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।