सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

काठमाडौं : सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिँदैछन्।

जसका लागि प्रदेशसभा बैठक अपरान्ह ४ बजेका लागि आह्वान भएको छ।

सत्ता समीकरण फेरिएसँगै एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परेका छन्।

यसअघि नागरिक उन्मुक्तिबाट भौतिक पूर्वाधार विकासमन्त्री बनेका कैलाश चौधरीले पनि राजीनामा दिइसकेका छन्।

सोडारी एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका हुन्।

साउन १७, २०८१ शुक्रबार ०७:५०:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।