एकीकृत समाजवादीले आज केन्द्रीय कमिटीलाई पूर्णता दिने

एकीकृत समाजवादीले आज केन्द्रीय कमिटीलाई पूर्णता दिने

काठमाडौं : एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

विधानअनुसार बनाइएको ‘क्लष्टर’का आधारमा कार्यदलले केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने बैठकमा प्रस्तावित ती नामलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने जनाइएको छ।

पार्टीमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ। हाल अध्यक्ष, सम्मानित नेता र महासचिवसहित तीन पदाधिकारी, ९० केन्द्रीय सदस्य रहेको केन्द्रीय कमिटीमा दुई सय ६ केन्द्रीय सदस्य पद रिक्त छ।

अध्यक्ष माधव नेपाल संयोजक र सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल सदस्य रहेको कार्यदलले केन्द्रीय सदस्य छान्ने जिम्मेवारी पाएको थियो।

सातै प्रदेशबाट आएका नामहरूमध्ये तीन नेताले मूल्याङ्कन गर्दै नामावली तयार गरेको बताइन्छ।

साउन १७, २०८१ शुक्रबार ०७:४१:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।