मेयर बालेन भन्छन्' बोल्नेभन्दा काममै जोड दिऔँ'

मेयर बालेन भन्छन्' बोल्नेभन्दा काममै जोड दिऔँ'

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले धेरै बोल्नुभन्दा काममै जोड दिन आग्रह गरे। काठमाडौँ महानगर वडा नम्बर आठको कार्यालय भवन उद्घाटनमा उनले यस्ता कार्यक्रममा तामझाम गर्न आवश्यक नभएको बताए।

उनले महानगरपालिकाभित्रका भवनलाई नेवारी शैलीमा बनाउँदै लैजानु पर्ने र यसका लागि महानगरले बजेट र कार्यक्रम तर्जुमा गरेको बताए।

'यसबाट पर्यटन व्यवस्थापनको कामलाई अझ उचाइमा पुर्याउने हाम्रो अपेक्षा छ,’ प्रमुख शाहले भने, ‘बोल्नेभन्दा पनि काम नै गर्नु पर्छ भन्ने हो।'

बोलपत्र आव्हान गर्दा लाग्ने समय घटाउन नसकिने, यसबाहेकका काम छिट्टै हुने गरेको उनको भनाइ थियो।

‘नवनिर्मित भवनको छतबाट हामीले हेर्यौँ । सम्पदामैत्री सडक निर्माण भइरहेका छन्। वडा भवन आफैँमा सम्पदामैत्री छ' उनले भने।

साउन १७, २०८१ शुक्रबार ०१:४५:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।