खेलकुदमन्त्रीको प्रश्न : युवालाई देशमै बस्नसक्ने अवस्था नबनाएसम्म युवा दिवसको के अर्थ?

खेलकुदमन्त्रीको प्रश्न : युवालाई देशमै बस्नसक्ने अवस्था नबनाएसम्म युवा दिवसको के अर्थ?

काठमाडौं : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवाहरूलाई नेपालमा बस्न योग्य नबनाएसम्म युवा दिवस मनाएर मात्रै केही नहुने बताएका छन्। 

बिहीबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय युवा दिवस २०२४ मूल समारोह समिति गठन कार्यक्रममा उनले जबसम्म युवाहरूलाई देशमै रोजगारी सृजना गर्न, युवालाई बहस र छलफलमा अगाडि सार्न सकिँदैन तबसम्म युवा दिवस मनाएर केही पनि नहुने बताए। 

उनले भने, 'मन्त्रालयमा हामी तीनसय जना बसेर युवा दिवस मनाएर भव्य हुँदैन। देशका युवाहरू जबसम्म नेपालमा बस्न योग्य बनाउन सकिँदैन, युवाहरूलाई रोजगारी सृजना गर्न सकिँदैन, युवालाई बहस र छलफलमा अगाडि सार्न सकिँदैन, जागरण अभियानमा लगाउन सकिँदैन, तबसम्म केही हुँदैन।’

उनले आजैबाट नेपाली युवाहरूलाई नेपालमै रोजगारी दिन सक्नेगरी वहस अगाडि सार्न सुझाव दिए। 

उनले युवाहरूलाई क्रियाशील बनाउन सक्रिय हुनका लागि सबैमा आग्रह समेत गरे। 

‘अझै पनि हाम्रो देशमा युवाले बालबालिकाले पढ्न सकेको छैन। म सम्पूर्णमा आग्रह गर्न चाहन्छु। हामी युवा दिवस मनाउ भव्य र सभ्य रुपमा आजदेखि प्रण गरौं। नेपाली युवाहरूलाई नेपालमै कसरी रोजगारी दिन सक्ने वहस अगाडि सारौं।’

साउन १७, २०८१ बिहीबार २१:३३:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।