नगदरहित दाबीका लागि बालाजु अटो र आईजीआईबीच सम्झौता

नगदरहित दाबीका लागि बालाजु अटो र आईजीआईबीच सम्झौता

काठमाडौं : बालाजु अटो वर्कस र अग्नि हायेर पर्चेज प्रालिले नगदरहित दाबीका लागि आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीसँग सम्झौता गरेको छ।

बालाजु अटो वर्कस कम्पनीका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्मा, सर्भिस हेड शिवसुदन श्रेष्ठ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरे।

सो अवसरमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका वाग्मती प्रदेश प्रमुख (उपत्यकाभित्र) श्रीराम भण्डारी, गंगबु शाखा प्रबन्धक नरेन्द्र अधिकारी, अग्नि ग्रुप तथा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रतिनिधिहरू उपस्थित थिए।

समझौतापछि महिन्द्राका ग्राहकहरूले सवारी साधन मर्मत सम्भार वा बिमा दाबी गर्दा छिटो, सहज, पहुँचयोग्य र झन्झटमुक्त सेवा पाउने बताइएको छ।  

साउन १६, २०८१ बिहीबार २०:५८:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।