‘सिधा कुरा’को स्टिङले अदालतको मानहानि गरेको हो-हैन भदौ ६ मा फैसला आउने

‘सिधा कुरा’को स्टिङले अदालतको मानहानि गरेको हो-हैन भदौ ६ मा फैसला आउने

काठमाडौँ : सिधा कुरा डटकमविरुद्ध दायर भएको अदालतको अवहेलनासम्बन्धी मुद्दाको फैसला भदौ ६ मा आउने भएको छ। बिहीबार बसेको बृहत् पूर्ण इजलासले साउन ३२ भित्र बहस नोट पेस गर्न र भदौ ६ गते फैसला सुनाउने आदेश गरेको हो।

सीधा कुरा डटकमले प्रकाशन तथा प्रसारण गरेको ‘द डार्क फाइल’ नामक कार्यक्रमले अदालतको अवहेलना गरेको भन्दै रिटमा सर्वोच्चमा सुनुवाइ भइरहेको छ। प्रसारित अडियोलाई ‘चार सय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अपरेसन’ दाबी गरेपछि अदालतमा मानहानिको मुद्दा दायर भएको थियो।

सो अडियो कपोलकल्पित र भ्रामक भन्दै सर्वोच्चका सूचना अधिकारीले नै सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दायर गरेका थिए। सोबारे प्रहरीले समेत अनुसन्धान गरेर सो अडियो फर्जी रहेको प्रतिवेदन दिएको आधारमा अदालतमा अर्को मुद्दा गइसकेको छ।

साउन १६, २०८१ बिहीबार २०:२८:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।