गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट ग्लोबल रेमिट मार्फत नेपालमा पैसा पठाउन सकिने

गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट ग्लोबल रेमिट मार्फत नेपालमा पैसा पठाउन सकिने

काठमाडौं : ग्लोबल आईएमई बैंक लिमिटेड र कतारस्थित गल्फ एक्सचेन्ज कम्पनीबीच कतारबाट नेपालमा सहज रुपमा रेमिटेन्स पठाउने सम्बन्धी सम्झौता भएको छ।
 
सम्झौताअनुसार रोजगारको लागि कतार गएका नेपालीहरूले गल्फ एक्सचेन्जको १७ वटा शाखा तथा गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट ग्लोबल रेमिट मार्फत सहज रुपमा नेपालमा रेमिटेन्स पठाउन सक्ने छन्। 
 
यसरी ग्लोबल रेमिट मार्फत पठाएको रकम ग्लोबल आईएमई बैंकको सम्पूर्ण शाखा कार्यालयहरू तथा नेपाल भरी रहेको आईएमई लिमिटेड र जीएमई रेमिटको ५० हजार भन्दा बढी एजेन्टहरूबाट भुक्तानी लिन सकिने बताइएको छ। 

सम्झौता अनुसार कतारमा रहेका नेपालीहरूले आफ्नो तथा परिवारको ग्लोबल आईएमई बैंकको र नेपालको अन्य बैंक तथा वित्तीय संस्थामा भएको बैंक खातामा सहज रुपमा रेमिटेन्स पठाउन सक्ने छन्।  

साउन १६, २०८१ बिहीबार १९:१३:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।