एमालेले सातै प्रदेशका इन्चार्ज तोक्यो, १७ जना केन्द्रीय सदस्यमा मनोनीत

एमालेले सातै प्रदेशका इन्चार्ज तोक्यो, १७ जना केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं : एमालेले सातवटै प्रदेशमा नयाँ इन्चार्जहरू तोकेको छ। बिहीबार बसेको सचिवालय बैठकले सातवटै प्रदेशमा इन्चार्ज तोकेको महासचिव शंकर पोखरेलले जानकारी दिए।

बैठकले कोशी प्रदेशमा शेरधन राई, मधेश प्रदेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा डा.राजन भट्टराई, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पद्मा अर्याल कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखनाथ भट्टलाई इन्चार्ज तोकेको हो। 

उपाध्यक्षको रिक्त पदमा स्थायी कमिटीका सदस्य गुरु बराललाई मनोनयन गर्ने, मुकुन्द न्यौपाने र मधेश प्रदेशका पोलिटब्यूरो सदस्य लिलानाथ श्रेष्ठ दुई जनालाई पार्टी स्थायी कमिटीको सदस्यमा मनोनयन गर्ने निर्णय भएको छ।

यस्तै, सुवास कर्माचार्य (सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट), जितेन्द्र देव (सप्तरी), रामपृत राम (सिरहा), कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम), गोविन्द पुन (सल्यान), केदार सिग्देल (तनहुँ), मनमोहन पौडेल (पर्वत), भरदेव जोशी (दार्चुला), हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर), सरिता भुसाल (किसान महासंघ), प्रभा बराल (कास्की),मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) गरि १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय पनि भएको छ। 

साउन १६, २०८१ बिहीबार १७:४६:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।