विदेश पढ्न जान एकैवर्ष १ लाख बढी विद्यार्थीले एनओसी

विदेश पढ्न जान एकैवर्ष १ लाख बढी विद्यार्थीले एनओसी

काठमाडौं : आर्थिक वर्ष २०८०/०८१ मा एक लाख बढी नेपाली विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन्।

१ साउन २०८० देखि ३१ असार २०८१ सम्म एक लाख १२ हजार ५९३ जनाले एनओसी लिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। 

तथ्यांक अनुसार सबैभन्दा बढी जापानको लागि ३४ हजार ७३१, क्यानडाको लागि १५ हजार ९८२, अष्ट्रेलियाको लागि १४ हजार ३७२ र युकेको लागि १३ हजार ३३९ जना, अमेरिकाको लागि ११ हजार २६१, कोरियाको लागि ६ हजार ८८९, भारतका लागि दुई हजार ३८९ जना र अन्य देशका लागि एनओसी लिएका छन्।                                                              

त्यस्तै, वैदेशिक अध्ययन अनुमति शाखाको तथ्यांक अनुसार ३३ हजार ६९७ जनाले जापानी  भाषाको लागि एनओसी लिएका छन्।

साउन १६, २०८१ बिहीबार १५:३६:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।