पार्टी कार्यालय डुबेपछि एमाले सचिवालय बैठक होटलमा

पार्टी कार्यालय डुबेपछि एमाले सचिवालय बैठक होटलमा

काठमाडौं : एमालेको सचिवालय बैठक होटलमा बसेको छ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासल डुबानमा परेपछि हनुमानस्थानस्थित होटल बसेरामा बसेको हो।

बिहीबारको बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्ने बताइएको छ।

बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुने बताइएको छ। यसअघि एमालेले नेताहरूलाई फरक भूगोलको जिम्मेवारी दिइएको थियो।

ललितपुरको च्यासलस्थित एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन मनोहरा र बागमती नदीमा आएको बाढीले डुबानमा परेको छ।

साउन १६, २०८१ बिहीबार १३:३०:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।