बंगलादेशमा विद्यार्थी प्रदर्शनका क्रममा फेरि हिंसात्मक झडप

बंगलादेशमा विद्यार्थी प्रदर्शनका क्रममा फेरि हिंसात्मक झडप

एजेन्सी : बंगलादेशमा विद्यार्थी र प्रहरीबीच फेरि हिंसात्मक झडप भएको छ।

विद्यार्थीहरूले यसअघि सरकारको तर्फबाट मारिएका र घाइते बनाएका पीडित विद्यार्थीहरूको न्यायको माग गर्दै गरेको प्रदर्शनमा पुन: हिंसात्मक झडप भएको हो।

उत्तरपूर्वी शहर सिल्हेटका एक अधिकारीले बुधबार प्रदर्शनकारीहरूले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको बताए।

राजधानी ढाकासहित अन्य शहरमा पनि झडपका घटना भएका छन्। यो महिनामा भएको हिंसामा दुई सयभन्दा बढीको मृत्यु भइसकेको सरकरी तथ्याङ्क छ। यद्यपि यो संख्या लुकाइएको मानव अधिकारवादी संगठनहरूको भनाइ छ।

प्रहरीले झण्डै एक हजार भन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ। दक्षिणी शहर बरिसालबाट प्राप्त तस्बिरहरूमा प्रहरीले प्रदर्शनकारीलाई लाठी प्रहार गरेको देख्न सकिन्छ।

बुधबार विद्यार्थीहरूले न्यायको लागि मार्चको आह्वान गरेका थिए। विद्यार्थीहरूको सामूहिक हत्या, आक्रमण, गिरफ्तारी र बेपत्ताको विरोधमा प्रदर्शन भएको गरिएको विद्यार्थीहरूको भनाइ छ।

साउन १६, २०८१ बिहीबार १०:२५:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।