टीआरसीमा सहमति जुटाउन गठित संयन्त्रको बैठक गृह मन्त्रालयमा सुरू

टीआरसीमा सहमति जुटाउन गठित संयन्त्रको बैठक गृह मन्त्रालयमा सुरू

काठमाडौं : संक्रमणकालीन न्याय सम्बन्धि विधयेक (टीआरसी)मा सहमति जुटाउन गठित संयन्त्रको बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा सुरु भएको छ।

संक्रमणकालीन न्याय सम्बन्धि विधेयकको विषय टुंगो लगाउन संयन्त्रका सदस्यसहित सरोकारवाला निकायका पदाधीकारीसहित सम्मिलित बैठक केहीबेर अघि सुरू भएको हो।

बैठकमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा संयन्त्रणमा छन्।

त्यसका साथै बैठक कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया र संसदको कानून, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदी लगायतको सहभागिता रहेको छ।

यसअघि गृह मन्त्रालयमा संयन्त्रको बैठक बसेर विधेयकमाथि सहमतिको जुटाउने विषयमा छलफल भएका थिए।

आजको बैठकमा पूर्व कानून मन्त्री ध्रुवबहादुर प्रधान, नेपाली सेनाका उपरधी जीवन प्रसाद दाहाल लगायतको पनि सहभागी रहेको छ।

बैठकमा विधयेक सम्बन्धि सहमति जुटाउन बाँकी बुँदामा छलफल हुने बताइएको छ।

साउन १६, २०८१ बिहीबार ०९:१४:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।