पार्टीय कार्यालय डुबेसँगै एमालेको सचिवालय बैठक च्यासलमा नबस्ने

पार्टीय कार्यालय डुबेसँगै एमालेको सचिवालय बैठक च्यासलमा नबस्ने

काठमाडौं : एमालेको सचिवालय बैठक च्यासलमा नबस्ने भएको छ।

मनोहरा नदीमा आएको बाढीका कारण पार्टी कार्यालय डुबानमा परेसँगै पार्टी कार्यालयमा बैठक बस्न सम्भव नभएको प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिए।

सामाजिक सञ्जालमार्फत उनले बैठक अन्त्यत्र नै सारिएको बताउँदै स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने समेत प्रतिबद्धता जाहेर गरेका छन्।

आजको बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्ने बताइएको छ। बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुने बताइएको छ।

यसअघि एमालेले नेताहरूलाई फरक भूगोलको जिम्मेवारी दिइएको थियो।

साउन १६, २०८१ बिहीबार ०८:००:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।