पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
काठमाडौँ : नेपाल आयल निगम सञ्चालक समितिले बुधवार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको छ।
निगमले बुधवार सार्वजनिक गरे अनुसार अनुसार पेट्रोलको प्रतिलिटर एक रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर २ रुपैयाँ मूल्य घटेको छ। हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावतै रहेको छ ।
नयाँ मूल्यसूची अनुसार काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल लिटरको १ सय ७० रुपैयाँ पर्नेछ। झापा, विराटनगर जनकपुर, नेपालगन्ज, धनगढी र वीरगन्ज क्षेत्रमा १६७ रुपैयाँ ५० पैसा तथा सुर्खेत र दाङ क्षेत्रमा १६९ रुपैयाँ पर्नेछ। डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १५५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५७ रुपैयाँ र तेस्रो वर्गमा १५८ रुपैयाँ पर्नेछ।
साउन १५, २०८१ बुधबार २१:५१:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।