काठमाडौँको पोडेटोलमा छिमेकीबीचको झडपमा एक जनाको मृत्यु, ६ जना घाइते

काठमाडौँको पोडेटोलमा छिमेकीबीचको झडपमा एक जनाको मृत्यु, ६ जना घाइते

काठमाडौँ : काठमाडौँ महानगरपालिका–१७ पोडेटोलमा छिमेकीबिच भएको झडपमा धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु भएको छ। घटनामा ६ जना घाइते भएका छन्। घटनामा   ३३ वर्षका अनित पुनारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार छिमेकीबीचको विवादमा धारिलो हतियार प्रहारहुँदा सुबिन्द्र पोडे, किरण पुजारी, दिनेश पुजारी, माया पुजारी, विक्रम पुजारी, अमृत पुजारी घाइते भए। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा ७ जनालाई पक्राउ गरेको छ। उनीहरूलाई प्रहरी वृत्त लैनचौरको नियन्त्रणमा छन्। झडपको कारण र घटनामा संलग्नहरूबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

साउन १५, २०८१ बुधबार २१:४५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।