शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन सबै पिडितमैत्री  हुनुपर्छ : अर्थमन्त्री पौडेल

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन सबै पिडितमैत्री  हुनुपर्छ : अर्थमन्त्री पौडेल

काठमाडौँ : अर्थमन्त्री विष्णु पौडेलले अझै पनि द्वन्द्वका घाउहरू नमेटिएको भन्दै शान्ति प्रक्रियालाई चाँडै निष्कर्षमा पुर्याउन आवश्यक रहेको बताए।

बुधवार काठमाडौँमा इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको ३२ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अझै पनि द्वन्द्वका घाउहरू बाँकी रहेकाले शान्ति प्रक्रियालाई एउटा निष्कर्षमा पुर्याउने बाँकी काम सम्पन्न गर्ने अभिभारा सबैको काँधमा रहेको बताए।

‘एउटा अनुचित, कहालीलाग्दो द्वन्द्वबाट नेपाली समाज मुक्त भएको छ। हिंसाबाट  शान्तिमा रूपान्तरण गरेका छौँ, शान्तिको  स्थापना भएको छ, अझै पनि द्वन्द्वका घाउहरू मेटिएका छैनन्’ उनले भने।

शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने  काम बाँकी नै  रहेको र यो शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने अभिभारा सबैको  काँधमा रहेको उनले बताए।

उनले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन सबै निष्कर्षहरू पिडितमैत्री हुनुपर्ने बताए ।    

साउन १५, २०८१ बुधबार २०:३८:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।