अन्तर्राष्ट्रिय उसु च्याम्पियनसिपमा नेपाललाई १३ स्वर्ण र ९ रजत पदक

अन्तर्राष्ट्रिय उसु च्याम्पियनसिपमा नेपाललाई १३ स्वर्ण र ९ रजत पदक

काठमाडौँ : छैटौँ सिंगापुर अन्तर्राष्ट्रिय उसु च्याम्पियनसिप (फेस्टिभल) मा नेपालले १३ स्वर्ण र ९ रजत जितेको छ। २२ वटा पदकसहित दोस्रो भएको टिम स्वदेश फर्किइसकेका छन्। बुधवार खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्ले सम्मान गरेको थियो।

प्रशिक्षक विशाल थापाको नेतृत्वमा १२ जनाको टोली सिंगापुर गएको थियो। च्याम्पियनसिपमा थापाले उत्कृष्ट प्रशिक्षकको पुरस्कार प्राप्त गरेका थिए।

खेलाडीहरूलाई बधाई दिँदै परिषद्का निमित्त सदस्य सचिव अञ्जन धमलाले खेलाडीहरूको उच्च प्रदर्शनले नेपाली शान बढेको बताए।

विभिन्न विधामा खेलाडीहरू अलिस मारिकले ३ र हिमांशु खड्काले २ वटा स्वर्ण ल्याएका छन् भने, सफल पाठक, भावेश खड्का, समीर बस्नेत, रिदम गोलेले १-१ वटा स्वर्ण पदक प्राप्त गरेका थिए।

वविता थापामगरले २, अपेक्षा लामा र यान्चेन्ला इलावाले एक÷एक स्वर्ण प्राप्त गरेको प्रशिक्षक विशाल थापाले जानकारी दिएका छन् ।

यस्तै सफल पाठक, समीर बस्नेत,रिदम गोलेले १-१ रजत पदक प्राप्त गर्न सफल भएका हुन् । यस्तै सेरिना पराजुली र फुर्पीग्याल्मो तामाङले २-२ तथा यान्चेन्ला इलावा र ग्रुप इभेन्टमा १-१ रजत पदक प्राप्त भएको उसु महासङ्घका महासचिव नवराज ढुङ्गानाले बताए ।  

साउन १६, २०८१ बुधबार १९:४१:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।