तीन प्रदेशका प्रमुख नियुक्त

तीन प्रदेशका प्रमुख नियुक्त

काठमाडौँ : सरकारको निर्णय अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले ३ प्रदेशका प्रमुखलाई नियुक्त गरेका छन्। बुधवार पौडेलले बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुख नियुक्त गरेका हुन्। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका प्रमुख अमिक शेरचन र कर्णालीका प्रमुख तिलक परियारलाई पदमुक्त गर्दै नयाँ नियुक्तिको निर्णय गरेको थियो।

सरकारको सिफारिस अनुसार बुधवार पौडेलले बागमती प्रदेश प्रमुखमा दीपक प्रसाद देवकोटा, लुम्बिनी प्रदेश प्रमुखमा कृष्णबहादुर घर्ती मगर र कर्णाली प्रदेश प्रमुखमा यज्ञराज जोशीलाई नियुक्त गरेका हुन्।

साउन १५, २०८१ बुधबार १८:४२:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।