‘बिस्ताराले पोल्यो’ गीतको आलोचनापछि माफी मागिन् शान्ति श्रीले

‘बिस्ताराले पोल्यो’ गीतको आलोचनापछि माफी मागिन् शान्ति श्रीले

काठमाडौँ : तीज गीतका शब्द विवादमा तानिएपछि गायिका शान्ति श्री परियारले माफी मागेकी छिन्। उनले गाएको ‘बिस्तारले पोल्यो’ बोलको तीजको गीत सार्वजनिक भए लगत्तै त्यसको म्युजिक भिडियो र गीतका शब्दका कारण उनको आलोचना भएको थियो।

सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि बुधवार विज्ञप्ति निकालेर उनले माफी मागिन्।

‘बिस्तारले पोल्यो’ बोलको गीतको भिडियोको केही दृष्यहरुका कारण दर्शक, श्रोताको धेरै नकारात्मक टिका टिप्पणी आइरहेको हुँदा म लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्यको नाताले मसँग सम्बन्धित गीतले प्रतिष्ठानको प्रतिष्ठाप्रति र आदरणीय शुभचिन्तकहरूप्रति आँच पुग्न गएको आभास भएको हुँदा क्षमा प्रार्थी छु’ विज्ञप्तिमा लेखिएको छ।

उनले विज्ञप्तिमा आगामी दिनमा गीत गाउँदा शब्द, सङ्गीत छनौट गर्ने बाचा समेत गरेकी छिन्। 

साउन १६, २०८१ बुधबार १८:३५:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।