सरकारले सार्वजनिक गर्‍यो १८ देशमा प्रस्तावित राजदूतको नाम

सरकारले सार्वजनिक गर्‍यो १८ देशमा प्रस्तावित राजदूतको नाम

काठमाडौँ : सरकारले १८ देशका लागि राजदूतमा सिफारिसहरूको नाम औपचारिक रूपमा सार्वजनिक गरेको छ। सोमबारको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारी प्रवक्ता पृथ्वी सुब्बा गुरुङले प्रस्तावित राजदूतहरूको नाम सार्वजनिक गरेका हुन्।

यस अगाडिको सरकारले फिर्ता बोलाउने निर्णय गरेका देशसँगै सरकारले चीन लगायतका देशमा रहेका राजदूतहरू फिर्ता बोलाउने निर्णय गर्दै १८ वटा देशका लागि नयाँ राजदूतमा नाम सिफारिस गरेको हो।

प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइपछि नियुक्तिको प्रक्रिया अगाडि बढ्छ। प्रस्तावित राजदूतहरूमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले फिर्ता बोलाएको भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मा पुन भारतकै लागि सिफारिस भएका छन्।

प्रस्तावित राजदूतहरू

१. डा. शंकरप्रसाद शर्मा – भारत

२. लोकदर्शन रेग्मी – अमेरिका

३. चन्द्रकुमार घिमिरे – संयुक्त अधिराज्य

४. प्रा. डा. कृष्णप्रसाद ओली – चीन

५. धनप्रसाद पण्डित – इजरायल

६. रामकृष्ण भट्टराई – श्रीलङ्का

७. सनिल नेपाल – स्पेन

८. डा. शैल रुपाखेती – जर्मनी

९. कान्ता रिजाल –अस्ट्रेलिया

१०. नरेशविक्रम ढकाल –साउदी अरेबिया

११. डा. शिवमाया तुम्बाहाम्फे– दक्षिण कोरिया

१२. जङ्गबहादुर चौहान – रुस

१३. रमेशचन्द्र पौडेल – कतार

१४. सुम्निमा तुलाधर – डेनमार्क

१५. प्रा. डा. कपिलमान श्रेष्ठ – दक्षिण अफ्रिका

१६. नेत्रप्रसाद तिमल्सिना – मलेसिया

१७. प्रकाशमणि पोखरेल – पोर्चुगल

१८. रिता धिताल – पाकिस्तान

साउन १५, २०८१ बुधबार १८:२४:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।