समितिबाट विधेयक चाँडो पारित गरेर सदनमा लान सभामुखको निर्देशन

समितिबाट विधेयक चाँडो पारित गरेर सदनमा लान सभामुखको निर्देशन

काठमाडौँ : सभामुख देवराज घिमिरेले विधेयकहरूलाई छिटो पारित गरेर सदनमा लैजान निर्देशन दिएका छन्। बुधवार सिंहदरबारमा भएको सभामुख र समिति सभापतिबिचको छलफलमा सभामुखले समितिलाई प्रभावकारी बनाउन र छिटोभन्दाछिटो विधेयकहरू पारित गर्न निर्देशन दिएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले जानकारी दिएका हुन्।

‘सबैले आफ्नो समितिको रिपोर्टहरू पनि सभामुखलाई बुझाएको छ र सभामुखले आफ्नो समितिलाई अझ प्रभावकारी बनाउनको लागि बैठक बस्ने व्यवस्था गर्नु र छिटोभन्दाछिटो विधेयकहरूलाई पारित गरेर सदनसम्म पुर्याउन निर्देशन दिएको छ’ खानले भने।

छलफलमा आर्थिक समस्याको कुरा उठेको भन्दै सभामुखले पहिलो वर्ष भन्दा यसपालि रकम बढेको हुनाले त्यस्तो समस्या नआउने जानकारी दिएको उनले बताए।

साउन १५, २०८१ बुधबार १८:०६:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।