सेयर बजारमा चलखेलको सङ्केत : कमजोर कम्पनीको सेयर सर्किट लेभमा कारोबार

सेयर बजारमा चलखेलको सङ्केत : कमजोर कम्पनीको सेयर सर्किट लेभमा कारोबार

काठमाडौँ : दिनभरको कारोबारमा नेप्से २७९०.२९ सम्म पुगे पनि अन्तमा २७६०.९१ मा आएर बजार बन्द भयो। नेप्से परिसूचक ६४.२५ अङ्क बढेर २७६०.९० विन्दु बजार बन्दहुँदा कारोबार रकम भने झन्डै २२ अर्ब नजिक पुग्यो।

 बुधवार नेप्सेमा ३३२ स्टकको २ लाख ३८ करोड २७२ पटकको कारोबारमा २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँबरारको ५ करोड ९ लाख ६७ हजार कित्ता शेयर खरिदबिक्री भयो। यो अहिलेसम्मकै उच्च कारोबार रकम हो। २०७८ साउन ३१ मा एकै दिन २१ अर्ब ६४ करोडको शेयर खरिदबिक्री भएको थियो।

 सेन्सेटिभ इन्डेक्स १०.६६ अङ्क बढेको र फ्लोट इन्डेक्स ४.२५ अङ्क बढेको बुधवारको बजारमा सेन्सेटिभ फ्लोट इन्डेक्स ३.३३ अङ्क बढ्यो। बुधवार १० स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो। सर्किट लेभलमा कारोबार भएका कम्पनीहरूको आर्थिक स्वास्थ्य त्यति बलियो देखिएको छैन। तर तीनै कम्पनीको शेयर कारोबार ह्वात्तै उचालियो बुधवार।

घाटामा रहेको नेपाल रिपब्लिक मिडियाको शेयर समेत सकारात्मक सर्किट लेभलमा कारोबार भयो। गोर्खाज फाइनान्सको अवस्था पनि त्यस्तै हो तर सर्किट लेभलमै कारोबार भयो। बुधवार युनाइटेड अजोड इन्स्योरेन्स, श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स, रिलायन्स फाइनान्स, दिव्यश्वरी हाइड्रोपावर, मकर जितुमाया सुरी हाइड्रोपावर, कुथेली बुखरी स्मल हाइड्रोपावर, नेपाल वेयरहाउजिङ्ग कम्पनी र प्रोग्रेशिभ फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो। यी बाहेक बाहेक अन्य ११ स्टकको शेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढ्यो।

आत्मनिर्भर लघुवित्तको शेयर मूल्य सर्वाधिक ६.५२ प्रतिशत घट्यो। कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ८४ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भयो।

माउन्टेन इनर्जीको ४१ करोडभन्दा बढीको शेयर किनबेच भयो भने शिवम् सिमेन्ट्सको ४० करोडभन्दा बढीको शेयर कारोबार भयो। १३ उपसमूहमध्ये बुधवार १३ वटै उपसमूहको परिसूचक बढ्यो। वित्त उपसमूहको परिसूचक सर्वाधिक ८.०८ प्रतिशत बढ्यो। लगानी उपसमूहको परिसूचक ६.८९ प्रतिशत बढ्यो भने विकास बैङ्क र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ।

साउन १६, २०८१ बुधबार १७:४३:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।