परराष्ट्रमन्त्री आरजुले भनिन् ‘पासपोर्ट कति संवेदनशील रहेछ, बल्ल बुझेँ’

परराष्ट्रमन्त्री आरजुले भनिन् ‘पासपोर्ट कति संवेदनशील रहेछ, बल्ल बुझेँ’

काठमाडौँ : परराष्ट्र मन्त्री आरजु राणा देउवाले पासपोर्ट कत्तिको संवेदनशील रहेछ भन्ने बल्ल बुझेको बताइन्। बुधवार पासपोर्ट विभाग र कन्सुलर विभागको निरीक्षणपछि उनले भनिन्’ प्रक्रिया केही लामो रहेछ।’

उनले रकम भुक्तानीमा अहिले पनि समस्या देखिएकाले बैङ्कका काउन्टरहरू बढाउनुपर्ने उनले बताइन्। उनले काउन्टरहरू बढाएर भए पनि पासपोर्ट वितरणलाई सहज बनाउनुपर्ने बताइन्। उनले पासपोर्ट विभागको अवस्था सुधारोन्मुख रहेको भन्दै अहिले पासपोर्टको अभाव नरहेको उनले बताइन्। उनले १७ महिनासम्मका लागि राहदानीको कपी रहेको बताइन्।

अहिलेको सरकारलाई स्टन्ट गर्नु छैन

फरक प्रसङ्गमा उनले अहिले सरकारमा रहेका दुवै पार्टी पुरानो र अनुभवी रहेकाले स्टन्ट गर्न आवश्यक नभएको बताइन्।

‘अहिले सरकारमा भएका पार्टी धेरै पुराना हुन्। हामीले काम गर्न सक्छौ, देशको लागि केही गर्न सक्छौ भनेर देखावटी गर्न जरुरी छैन’ उनले भनिन्।

उनले अहिलेको सरकार स्टन्ट गर्न आएको हैन भन्ने काम गरेर देखाउनुपर्ने र सरकारको आयुबारे ढुक्क भएकाले राम्रोसँग काम गर्न सकिने बताइन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध काम गर्न निर्देशन दिएको र दुई पार्टी भए पनि दुवैको लक्ष्य एकै रहेको दाबी समेत गरिन्।

साउन १५, २०८१ बुधबार १६:५३:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।