गृहमन्त्री लेखकले भने‘प्रहरीको सरुवालाई सरुवाकै रूपमा हेरौँ’

गृहमन्त्री लेखकले भने‘प्रहरीको सरुवालाई सरुवाकै रूपमा हेरौँ’

काठमाडौँ : गृहमन्त्री रमेश लेखकले प्रहरीको सरुवालाई सामान्य रूपमा लिन आग्रह गरेका छन्। बुधवार राज्य व्यवस्था तथा सुशासन समितिमा प्रहरी सङ्गठनमा भएका सरुवाबारे प्रश्न उठेपछि उनले प्रहरीको सरुवालाई सरुवाकै रूपमा लिन आग्रह गरे।

केही दिन अगाडि विशेष ब्युरोका डिआइजी डा मनोज केसीको सरुवा भएपछि नक्कली भुटानी शरणार्थीको अनुसन्धान गरेकाले सरुवा भएको भन्दै आलोचना भएको थियो।

समितिको बैठकमा गृहमन्त्री लेखकले कसैलाई जोगाउनका निम्ति प्रहरी सङ्गठन र प्रशासनको दुरुपयोग हुन नदिने दाबी समेत गरेका थिए।

 ‘यहाँ कतिपय सांसदहरूले प्रहरी व्यक्तिगत स्वार्थमा प्रयोग हुने हो कि भनेर चिन्ता व्यक्त गर्नु भयो,’ उनले भने ‘कसैलाई जोगाउन वा नजोगाउन प्रहरी सङ्गठन र प्रशासनको दुरुपयोग हुन दिने छैन।’

साउन १५, २०८१ बुधबार १६:३८:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।