विवाहित युवतीलाई विवाहको प्रस्ताव राख्दा प्राध्यापकको हत्या, मुख्य व्यक्ति १७ वर्षपछि समातिए

विवाहित युवतीलाई विवाहको प्रस्ताव राख्दा प्राध्यापकको हत्या, मुख्य व्यक्ति १७ वर्षपछि समातिए

काठमाडौँ : दिदीलाई जिस्काएको भन्दै प्राध्यापकको हत्या गरेर १७ वर्षदेखि फरार रहेका रञ्जन खड्का बुधवार पक्राउ परे। हत्यापछि भागेर भारतमा लुकेर बसेका उनलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेर ल्याएको हो।

१७ वर्ष अगाडि उनीसहित मिलेर मिनभवनमा रहेको नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्याका दोषी हुन्।

प्राध्यापक विष्टले सविता थापा अधिकारीलाई फोन गरेर विवाह गर्न बारम्बार दबाब दिएपछि सविताको योजनामा रञ्जन खड्का, विनोद थापा, राजीव पाण्डेको संलग्नतामा विष्टको हत्या भएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराइले जानकारी दिए।

भट्टराइका अनुसार घट्नामा संलग्न मध्य रञ्जन खड्का प्रमुख  हुन्। विष्टले सवितालाई जिस्काउने अनि विवाह गर्न दबाब दिने गरेका थिए। तर सविताले आफू विवाहित रहेको भन्दै अस्वीकार गर्दै आए पनि उनले हैरान बनाउन नछाडे भाइ विनोदलाई भनेकी थिइन्।

विवाहित दिदीलाई हैरान बनाएको खुलेपछि उनीहरूले  २०६४ असार २६ मा हत्याको योजना बनाए। योजना अनुसार सविताले प्राध्यापक विष्टलाई शंखमुलमा भेट्न बोलाएका थिए।

विनोद लगायतका व्यक्तिहरू पहिल्यै शंखमुलमा लुकेर बसेर उनलाई रड र इट्टा लगायतले हानेर घाइते बनाएपछि मर्यो भनेर हिँडेका थिए।

गम्भीर घाइते अवस्थामा भेटिएका विष्टको उपचारकोक्रममा मृत्यु भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। खड्का भने भाग्न सफल भए।

विनोद थापा २०७१ मा पक्राउ परेका थिए। राजीव पाण्डे २०६९ मा पक्राउ परेका थिए। सबिता पक्राउ परेका थिए। पाण्डे र विनोदले कैद सजाय भोगेर कारागार मुक्त भइसकेको र सविता भने धरौटीमा रहेको एसएसपी भट्टराइले जानकारी दिए। 

साउन १५, २०८१ बुधबार १६:१०:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।