‘जिकर एक्स’ मोडलबाट नेपालमा डेब्यु गर्दै चिनियाँ कम्पनी जिकर
काठमाडौं : पायोनियर मोटोकर्प प्रालिले नेपाली बजारमा चिनियाँ कम्पनी जिकर भित्र्याउँदैछ।
जिकरले नेपालमा ‘जिकर एक्स’ मोडलसहित डेब्यु गर्ने तयारी गरेको छ। डुअल-मोटर अल-ह्विल ड्राइभ र सिङ्गल-मोटर रियर-ह्विल ड्राइभ गरी यसका दुई भेरियन्ट रहेको कम्पनीले जनाएको छ।
‘जिकर एक्स’को दुवै भेरियन्टमा ६६ किलोवाटआवरको ब्याट्री रहेको छ, जसले सिङ्गल-मोटर, रियर-ह्विल-ड्राइभ, लङ्ग रेन्ज मोडलमा ४४० किलोमिटरको डब्लुएलटीपी रेन्ज दिने कम्पनीको दाबी छ।
१५० किलोवाट को डीसी चार्जरसहित गाडीमा रहेको २२ किलोवाटको एसी चार्जरले गाडीलाई शून्यबाट शत प्रतिशत चार्ज ४ घण्टामा गराउँछ।
जिकर एक्स गाडी नेपालमा भित्र्याउन लागेका पायोनियर मोटोकर्पका निर्देशक सन्दीप कुमार शारडाले जिकर एक्स गतिशील शहरी सभ्यताको आधुनिक जीवनशैलीका लागि डिजाइन गरिएको गाडी भएको बताए। उक्त गाडीले उच्चस्तरीय पर्फमेन्स, अत्याधुनिक प्रविधिसहित प्रिमियम एसयुभिको बढ्दो मागलाई पूरा गर्ने उनको विश्वास छ।
गाडीको एक्सटेरियर भागमा ‘स्मुथ लाइन तथा स्कल्पटेड प्रोफाइल’ को डिजाइन प्रयोग, ‘प्यानोरामिक सनरुफ’, र इन्ट्रिगेटेड डबल-एज्ड एलइडि डिआरएलको आकर्षण पाउन सकिन्छ। साथै, जिकरको ‘इन्टेलिजेन्ट बि-पिलर’ नामक विशेष सुविधाले कारभित्र प्रवेश गर्नुअगावै गाडीको बारेमा महत्वपूर्ण जानकारीहरू ‘डोर ह्यान्डल’ (गाडीको ढोका) मा देखाउँदछ।
गाडीको इन्टेरियरमा, ‘यामाहा अडियो सिस्टम’, ‘भेन्टिलेटेड फ्रन्ट सिट’ जस्ता आधुनिक र उपयोगी सुविधाहरू समावेश गरिनुका साथै सबै भाग आधुनिक र विशेष डिजाइनमा सुसज्जित रहेको छ। यसमा सुरक्षित, आधुनिक र प्रविधियुक्त ड्राइभिङ अनुभवका लागि ‘इन्टर्याक्टिभ ककपिट’ को पनि सुविधा रहेको छ जसमा १४.६ इन्चको टचस्क्रिन डिस्प्ले, ८.८ इन्चको इन्स्ट्रुमेन्ट प्यानल समावेश रहेको छ।
सस्टेनेबल एक्सपेरियन्स आर्किटेक्चरमा निर्मित जिकरले स्ट्रक्चरल सेफ्टि (संरचनात्मक सुरक्षा) सुनिश्चित गर्दछ र ‘एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम’मा सुरक्षित ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ। यस अन्तर्गत फाइभ जी कनेक्टिभिटी, सात वटा एयरब्याग, इन्टर्नल एन्टि-कोलिजन बिम, र परिष्कृत सुरक्षा प्रणाली छ।
साउन १५, २०८१ बुधबार १४:१२:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।