कैदीबन्दीप्रति सांसद श्रेष्ठको चिन्ता- ‘एउटा खाटमा एक जना मात्र कैदी सुत्ने व्यवस्था हुनुपर्यो’

कैदीबन्दीप्रति सांसद श्रेष्ठको चिन्ता- ‘एउटा खाटमा एक जना मात्र कैदी सुत्ने व्यवस्था हुनुपर्यो’

काठमाडौं : राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य कृष्णगोपाल श्रेष्ठले क्षमता भन्दा बढी कैदीबन्दी राखेर सबै मानव अधिकार हनन गर्ने काम भएको बताएका छन्।

बुधबार बसेको सुशासन समितिको बैठकमा बोल्दै उनले अहिलेको समयमा कैदीहरूको आफ्नो मानव अधिकार पूर्ण रूपमा पाउनुपर्ने भन्दै त्यसका लागि सबै कारागारको अवस्था बुझ्न जरुरी रहेको बताए।

उनले भने, ‘एउटा बन्दीले के भन्यो भने एउटा खाटमा हामी तीन जना सुत्छौँ मान्यज्यू! यो समस्या सबै कारागारमा नहोला। तर यो गम्भीर विषय चाहिँ हो। क्षमता भन्दा बढी कैदीबन्दी राख्नु यो मानव अधिकार हनन जस्तै भयो त्यसैले सबैको लागि यो गम्भीर कुरा हो।’

यस्तै उनले कैदीबन्दीका समस्या समाधान गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराए। उनले सक्षम योग्य गृहमन्त्री मुलुकले पाएकोले चाँडै समस्या समाधान हुनेमा आशा व्यक्त गरे।

उनले भने,  ‘मुलुकले  अहिले  सक्षम  र  योग्य  गृहमन्त्री पाएको छ। यो विषयमा सबै टिम बसेर  समस्यालाई कसरी समाधान गर्ने  भनेर  केन्द्रित चाँहि हुनैपर्यो, हाम्रो  पाटोबाट  तपाईंहरूलाई  के  सहयोग  गर्नुपर्ने  हो  हामी  गर्न  तयार छौँ। खाना, मनोरञ्जन भन्दा पनि एउटा खाटमा एक जना मात्र कैदी सुत्ने व्यवस्था हुनुपर्यो।’

साउन १५, २०८१ बुधबार १३:४५:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।