नयाँ बसपार्कको बसभित्र युवकको शव फेला पर्‍यो

नयाँ बसपार्कको बसभित्र युवकको शव फेला पर्‍यो

काठमाडौँ : दुई महिनादेखि पार्किङ गरेर राखेको बसभित्र युवकको शव फेला परेको छ।

नयाँ बसपार्कभित्र पार्किङ गरेर राखेको बसभित्र ३७ वर्षीय युवकको शव फेला परेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार नयाँ बसपार्कभित्रको ३ नम्बर गेट नजिक २ महिनादेखि बा २ ख २३४४ नम्बरको बस पार्किङ गरेर राखिएको थियो। त्यही बसभित्र शव फेला परेको हो।

मृतक इटहरीका प्रह्लाद अधिकारी रहेको र उनी बसपार्कमा काम गर्ने गरेको खुलेको प्रहरीले जानकारी दिएको छ।

साउन १५, २०८१ बुधबार १३:०६:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।