रुकुम पश्चिममा १३ वर्षीया बालिकाको सामुहिक बलात्कार, तीन जना पक्राउ

रुकुम पश्चिममा १३ वर्षीया बालिकाको सामुहिक बलात्कार, तीन जना पक्राउ

रूकुम पश्चिम : १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा चौरजहारी नगरपालिका-१ पुरानो बजार बस्ने ३७ वर्षीय शिखर भण्डारी, २७ वर्षीय तिलकराज गिरी र २३ वर्षीय सुभाष बन गोसाई रहेका छन्।

चौरजहारी नगरपालिका-१ चौरजहारी बजारस्थित होटलमा बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबरका आधारमा जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

घटनापछि बालिकालाई स्वास्थ्य परीक्षणका लागि पठाइएको छ भने अनुसन्धान जारी छ।

साउन १५, २०८१ बुधबार १२:२६:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।