ग्लोबल आइएमई बैंकका ग्राहकलाई बुङमतीस्थित वण्डरल्याण्डमा १० प्रतिशत बोनस

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बुङमतीस्थित वण्डरल्याण्डमा १० प्रतिशत बोनस

काठमाडौं : ग्लोबल आइएमई बैंकको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई किक फन वल्र्डबाट सञ्चालित बुङमतीस्थित वण्डरल्याण्ड नेपालमा १० प्रतिशत रमब बोनस दिने समझदारी भएको छ।

समझदारीमा ग्लोबल आइएमई बैंकका बागमती प्रदेश कार्यालय मेनेजर निकिता भण्डारी थापा र किक फन वल्र्डका मार्केटिङ्ग प्रमुख शिखर बस्नेतले हस्ताक्षर गरेका छन्।

समझदारी अनुसार बैंकको ग्राहकले वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा उपलब्ध मनोरञ्जनात्मक तथा अन्य सेवाको लागि वण्डरल्याण्डबाट जारी हुने कार्डवापतको भुक्तानीको लागी बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङ्ग प्रयोग गर्दा उक्त कार्डमा १० प्रतिशत बोनस थप गरी वण्डरल्याण्डले कार्ड उपलब्ध गराउनेछ।

ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थाहरूसँग समन्वय गरी यस्ता किसिमका योजनाहरु ल्याएर ग्राहकहरूलाई प्रत्यक्ष रूपमा लाभान्वित गर्दै आएको छ। 

साउन १५, २०८१ बुधबार ११:२९:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।