प्रभु बैंक र र्‍याडिसन होटलबीच छुट सम्झौता

प्रभु बैंक र र्‍याडिसन होटलबीच छुट सम्झौता

काठमाडौं : प्रभु बैंकको कर्मचारी तथा ग्राहकलाई लाजिम्पाटस्थित पाँचतारे होटल र्याडिसनसँग सेवामा छुट दिने सम्झौता भएको छ।

एक समारोहका बीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर रबिन्द्र ढकाल र मार्केटिङ्ग म्यानेजर सबिन राणा तथा र्याडिसन होटलको तर्फबाट निर्देशक केदार पाण्डे र लेखा नियन्त्रक लोकराज ढुङ्गानाद्वारा हस्ताक्षर भयो।

सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरू मध्ये खाना, पेस्ट्री सप, ट्रानक्युलिटी स्पाका साथै होटलले सञ्चालन गरेको विभिन्न रेस्टुरेन्ट सेवामा १० देखि २० प्रतिशसम्म भुक्तानी छुट पाउनेछन्।

साउन १५, २०८१ बुधबार ११:२३:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।