१८ सयले बढ्यो सुन

१८ सयले बढ्यो सुन

काठमाडौं : साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ।

मंगलबारको तुलनामा बुधबार सुनको मूल्य एक हजार ८ सय र चाँदी ४० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य १ लाख ४७ हजार ८ सय रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार ७८० रुपैयाँ कायम भएको छ।

मंगलबार सुन तोलाको १ लाख ४६ हजार रुपैयाँ र चाँदी १ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो।

साउन १५, २०८१ बुधबार १०:५४:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।