एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज, पदाधिकारी र केन्द्रीय सदस्य चयन हुनसक्ने

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज, पदाधिकारी र केन्द्रीय सदस्य चयन हुनसक्ने
फाइल तस्बिर

काठमाडौं : एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दै छ। बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्ने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

एकीकृत समाजवादीको हालै सम्पन्न महाधिवेशनले पदाधिकारी र केन्द्रीय छनौट गर्ने जिम्मा केन्द्रीय समितिलाई दिए पनि अहिलेसम्म छनौट गर्न सकेको छैन।

महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिवसहित तीन पदाधिकारी, ९० केन्द्रीय सदस्य सर्वसम्मत चयन गरे पनि बाँकी पदाधिकारी र सदस्य चयन गर्न सकेको छैन।

यसअघि सोमबार बस्ने भनिएको बैठक पदाधिकारी र केन्द्रीय सदस्यको छनौट गर्न सहमति बनाउने प्रयास गरिएकाले आजका लागि सारिएको हो।

पार्टी विधानअनुसार २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएकामा अब ३२९ सदस्यीय कार्यसमिति विस्तार हुनेछ।

सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्यांकन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनयन गर्ने, कमिटीलाई पूर्णता दिएपछि पदाधिकारी चयन गर्नेलगायत विषयमा छलफल हुने बैठकका एजेण्डा रहेका छन्।

साउन १५, २०८१ बुधबार १०:०७:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।