लेबनानमा हिजबुल्लाहका शीर्ष कमाण्डर मारेको इजरायलको दाबी

लेबनानमा हिजबुल्लाहका शीर्ष कमाण्डर मारेको इजरायलको दाबी

एजेन्सी : इजरायलले लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा गरिएको आक्रमणमा चरमपन्थी संगठन हिजबुल्लाहका टप कमान्डर मारिएको दाबी गरेको छ।

लेबनानको सशस्त्र बलको गढ माएिको दहियाहमा गरिएको आक्रमणमा कम्तीमा एक जनाको मृत्यु भएको र कयौं मानिस घाइते भएका छन्।

गोप्य सूचनाका आधारमा हिजबुल्लाहको शीर्ष कमान्डर फौद शुक्रको निशाना बनाएर फाइटर जेटले आक्रमण गरिएको इजरायली सेनाले जनाएको छ।

शनिबार इजरायलको नियन्त्रणमा रहेको गेलान हाइट्समा १२ जनाको मृत्यु हुनेगरी भएको आक्रमणको मुख्य जिम्मेवार फौद शुक्र नै रहेको इजरायली सेनाको दाबी छ। यद्यपि हिजबुल्लाहले यसलाई अस्वीकार गरेको छ।

घटनापछि लेबनानका प्रधानमन्त्री नजीब मिकातीले इजरायलको यो आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्। उनले यसलाई अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लंघन बताउँदै आपराधिक कामको संज्ञा दिएका छन्।

आक्रमणपछि इजरायलका रक्षा मन्त्री योव ग्यालेन्टले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै हिजबुल्लाहले आफ्नो दायरा भुलेको बताएका थिए।

इजयराली सेनाले दाबी गरे पनि फौद शुक्रको मृत्यु भएको छ वा छैन भन्नेबारेमा अहिलेसम्म स्पष्ट भइसकेको छैन। बेरुतको सुरक्षा स्रोतका अनुसार आक्रमणको समयमा फौद शुक्र त्यहाँ उपस्थित थिएनन्।

यस विषयमा हिजबुल्लाहको तर्फबाट अहिलेसम्म कुनै पनि आधिकारिक विज्ञप्ति आइरहेको छ।

साउन १५, २०८१ बुधबार ०७:५४:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।