कांग्रेस र एमालेको सम्बन्ध दुई आयामिक रहेको ईश्वर पोखरेलको तर्क

कांग्रेस र एमालेको सम्बन्ध दुई आयामिक रहेको ईश्वर पोखरेलको तर्क

काठमाडौं : एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाली कांग्रेस र एमालेको सम्बन्ध आयामिक रहेको तर्क गरेका छन्।

नेपाल निजामती कर्मचारी संगठनले आयोजना गरेको कार्यक्रममा उनले, राष्ट्रिय मुद्दामा, राष्ट्रलाई संकट परेको बेला ऐतिहासिक परिवर्तनका क्षणमा कांग्रेस र  कम्युनिष्टको सहकार्य हुने गरेको भन्दै कांग्रेस र एमालेको सम्बन्ध आयामिक रहेको बताएका हुन्।

उनले भने, ‘नेपाली कांग्रेससँग हाम्रो सम्बन्ध दुई आयामिक सम्बन्ध हो भन्ने कुरा बुझ्नुपर्छ। कतिपय राष्ट्रिय मुद्दामा, राष्ट्र संकटमा परेको बेलामा, ऐतिहासिक पविर्तनका क्षणमा कांग्रेस कम्युनिष्टको सहकार्य पनि हुने गरेको छ। तर, हामी आम रुपमा राज्य सञ्चालनमा प्रतिस्पर्धा अरु राजनीति क्रियाकलापमा हाम्रा प्रतिस्पर्धा हुने गरेका छन्। यो दुई आयामिक सम्बन्ध बुझेनौँ भने हामी असन्तुलित हुन्छौँ।’

उनले एमालेबाट निर्देशित हुनका लागि राष्ट्रिय राजनीतिमा एमालेको दृष्टिकोणलाई ठिक ढङ्गले बुझ्न आवश्यक रहेको बताए।

उनले भने, ‘यदि एमालेको राजनीतिलाई हामीले ठिक ढङ्गले बुझ्न सकेनौं भने भ्रमित हुन सक्छौं। दिशा विहीन हुन पुग्छौँ।’

साउन १४, २०८१ मंगलबार २०:००:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।