स्थानीय आमाछोराको कुटपिटबाट ४५ वर्षीय पुरुषको ज्यान गयो

स्थानीय आमाछोराको कुटपिटबाट ४५ वर्षीय पुरुषको ज्यान गयो

काठमाडौं : धनुषामा स्थानीयको कुटपिटबाट ४५ वर्षीय पुरुषको मृत्यु भएको छ। 

मृत्यु हुनेमा धनुषाधाम नगरपालिका वडा नम्बर २ मंगलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुर रहेका छन्। ठाकुरकी श्रीमती ३५ वर्षीया श्यामु ठाकुर घाइते भएकी भएको धनुषाका प्रहरी प्रवक्ता रञ्जन अवाले जानकारी दिए। 

उनका अनुसार स्थानीय ४५ वर्षीया सुरजी मुखिया र उनका छोरा २१ वर्षीया नागेश्वर मुखियाको कुटपिटबाट ठाकुरको मृत्यु भएको हो। श्रीमती श्यामु पनि उनीहरूकै कुटपिटबाट घाइते भएकी हुन्। 

बिहान ११ बजे घरमै कुटपिटबाट गम्भीर घाइते ठाकुरको उपचारको क्रममा मंगलबार प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको हो। 

घटना लगतै घटनामा संलग्न आरोपमा आमाछोरालाई प्रहरी पक्राउ गरेको प्रवक्ता अवाले जानकारी दिए।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

साउन १४, २०८१ मंगलबार १५:१२:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।