सय रुपैयाँ घट्यो सुन
काठमाडौं : सुनको मूल्य एक सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको मूल्य एक सय रुपैयाँले घटेको हो।
मंगलबार छापावाल सुन तोलाको १ लाख ४६ हजार रुपैयाँ भएको छ। सोमबार छापावाल सुन तोलाको १ लाख ४६ हजार १ सय रुपैयाँ थियो।
तेजाबी सुनको मूल्य तोलाको १ लाख ४५ हजार तीन सय रुपैयाँ हुँदा चाँदी १० रुपैयाँले घटेको छ।
चाँदी मंगलबार तोलाको एक हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ।
साउन १४, २०८१ मंगलबार ११:३४:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।