८० हजार घुस लिएको आरोपमा पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका सव-इन्जिनियरमाथि मुद्दा दायर

८० हजार घुस लिएको आरोपमा पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका सव-इन्जिनियरमाथि मुद्दा दायर

काठमाडौं :  अख्तियार दुरुपयोग अनुसन्धान अयोगले पूर्वाधार विकास कार्यालय चौतारा, सिन्धुपाल्चोकका सव-इन्जिनियर हिरा बाबु थापासहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

दोलखाको विगु गाउँपालिका-३ स्थित लाकुरी डाँडा-पिपल डाँडा ग्रामीण सडकको स्तरोन्नतिकाको काम सम्पन्न गरी भुक्तानी लिने क्रममा सेवाग्राहीसँग कमिसनबापत ८० हजार रुपैयाँ लिएको आरोप लगाउँदै मुद्दा दायर गरेको हो।

सव-इन्जिनियर थापाले असी हजार रुपैयाँ घुस/रिसवत माग गरी कार्यालय सुपरभाइजर नहकुल शिवाकोटी र सुम्बा शेर्पालाई लिन पठाएकोमा रकम लिइसकेको अवस्थामा उनीहरूलाई आयोगको टोलीले पक्राउ गरेको थियो।

तीनै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 3 अन्तर्गतको कसुर गरेको पुष्टि हुन आएको भन्दै आयोगले मुद्दा दायर गरेको हो।थापालाई ८० हजार रुपैयाँ बिगो कायम गरी सोही बमोजिमको जरिवाना सजायको माग गरिएको छ।

शिवाकोटी र शेर्पालाई मतियारको रुपमा मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

साउन १४, २०८१ मंगलबार ११:१७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।