प्रभु बैंकद्वारा एकै दिन बागलुङ चार वटा शाखा विस्तार
काठमाडौं : प्रभु बैंक लिमिटेडले बागलुङमा एकै दिन चार वटा शाखा विस्तार गरेको छ।
जिल्लाको ढोरपाटन-७ बोवाङ, निसीखोला-५ निसी, बडिगाड-२ खरबाङ र बडिगाड-७ भिमगिठेमा चार वटा शाखा खोलेर बैंकिङ सेवा विस्तार गरेको हो।
उक्त शाखाहरूको उद्घाटन बैंकका संस्थापक अध्यक्ष देवीप्रकाश भट्टचनले गरेका थिए।
बैंकको बोवाङ शाखा, निसी शाखा, भिमगिठे शाखा र खरबाङ शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले आधुिनक बेंकिङ सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकको विश्वास छ।
‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकले देशभर रहेका ३१३ शाखा कार्यालय, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढी ग्राहकलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ।
साउन १४, २०८१ मंगलबार १०:५८:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।