नेपाल वायुसेवा निगम धेरै कार्गो बोक्ने एयरलाइन्सको रूपमा सम्मानित
काठमाडौं : नेपाल वायुसेवा निगम सन् २०२३ मा नेपालबाट धेरै कार्गो बोक्ने दोस्रो एयरलाइन्सको रुपमा सम्मानित भएको छ।
नेपाल फ्रेट फरवार्डर्स एशोसियशनद्वारा सोमबार काठमाडौंमा आयोजित ३०औं कार्गो दिवसको सु–अवसरमा यो सम्मान गरिएको हो।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमले आफ्ना अन्तर्राष्ट्रिय गन्तव्यहरूमा कार्गो बोक्दै आइरहेको र यस्ता सम्मानबाट कार्गो व्यापारलाई बढाउन अझै हौसला मिलेको बताए।
उनले यस कार्यमा सहयोग गर्ने सबै सरोकारवालाहरु, कार्गो एजेन्ट तथा कर्मचारीहरुलाई धन्यवाद दिए।
साउन १४, २०८१ मंगलबार ०९:०३:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।