नागढुङ्गा-नौविसे सडक खण्ड अवरुद्ध

नागढुङ्गा-नौविसे सडक खण्ड अवरुद्ध

धादिङ : अविरल वर्षाका कारण बिहान खसेको पहिरोका कारण त्रिभुवन राजपथ नागढुङ्गा-नौविसे सडक खण्ड अवरुद्ध भएको छ।

धुनीवेशी नगरपालिकास्थित वडा-९ खत्रिपौवा भन्ने स्थानमा सुरुङ्ग मार्ग नजिकै लेदो सहितको पहिरो आउँदा सडक विहानैदेखि दुईदर्फी रूपमै बन्द भएको हो।

सडक अवरुद्ध कारण राजधानीबाट बाहिरिने र राजधानी प्रवेशका लागी आएका सवारीका साधनहरू रोकिएका छन्। पहिरो पन्छाउने प्रयास भइरहेको छ।

साउन १४, २०८१ मंगलबार ०८:००:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।