सुरु भयो सरुवा आतङ्क : एकै दिन २२ सचिवको सरुवा निकाल्दा अर्थ सचिव मरासिनी उपराष्ट्रपति कार्यालय पुगे

सुरु भयो सरुवा आतङ्क : एकै दिन २२ सचिवको सरुवा निकाल्दा अर्थ सचिव मरासिनी उपराष्ट्रपति कार्यालय पुगे

काठमाडौँ : मन्त्रिपरिषद् बैठक अर्थसहित महत्त्वपूर्ण मन्त्रालयका सचिवहरूको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २२ जना सचिवको सरुवाको निर्णय गरेको हो। 

राजस्व सचिव रामप्रसाद घिमिरे अर्थ सचिव भएका छन्। अर्थ सचिव रहेका मधु मरासिनीको उपराष्ट्रपति कार्यालयमा सरुवा भएको छ। वाणिज्य सचिव दिनेशकुमार घिमिरे अर्थको राजस्व सचिव भएका छन्। 

सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव भरतमणि सुवेदी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सामान्य प्रशासन सचिव मुकुन्द निरौला श्रम मन्त्रालय, श्रम सचिव घनश्याम उपाध्याय अख्तियार दुरुपयोग अनुसन्धान आयोग र उपराष्ट्रपति कार्यालयकी सचिव राधिका अर्याल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएकी छिन्। 

सञ्चार सचिव रामकृष्ण सुवेदी सार्वजनिक खरिद अनुगमन कार्यालय, अख्तियारका सचिव रामेश्वर दंगाल रक्षा, रक्षा सचिव किरणराज शर्मा प्राकृतिक स्रोत तथा वित्त आयोग र वित्त आयोगका सचिव मधुसूदन बुर्लाकोटीको वाणिज्य मन्त्रालयमा सरुवा भएको छ। 

खानेपानी मन्त्रालयमा नेपाल ट्रस्टकी प्रमीलादेवी बज्राचार्य, जल तथा ऊर्जा आयोगका सचिव केशवकुमार शर्माको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएको छ। 

साउन १३, २०८१ सोमबार २३:००:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।