सरकारले बागमती, लुम्बिनी र कर्णालीको प्रदेश प्रमुख बदल्यो

सरकारले बागमती, लुम्बिनी र कर्णालीको प्रदेश प्रमुख बदल्यो

काठमाडौँ : माओवादी केन्द्र र एकीकृत समाजवादीको सिफारिसमा प्रदेश प्रमुख नियुक्त भएका तीन जनालाई हटाउँदै सरकारले नयाँ तीन जनालाई नियुक्त गरेको छ। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बागमतीका यादव शर्मा, लुम्बिनीका अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियारलाई हटाएको हो। 

उनीहरूको ठाउँमा बागमतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्ती मगर र कर्णालीमा यज्ञराज जोशीलाई नियुक्त गरेको हो। 

यस अगाडिका प्रदेश प्रमुखमा शर्मा एकीकृत समाजवादीको सिफारिसमा नियुक्त भएका थिए। शेरचन र परियार माओवादी केन्द्रको कोटामा प्रदेश प्रमुख भएका थिए। 

काङ्ग्रेस-एमाले गठबन्धनको सरकारमा बागमती कांग्रेसले लिएको छ भने लुम्बिनी र कर्णाली एमालेको नेतृत्वमा छ। 

 

साउन १३, २०८१ सोमबार २१:०३:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।