विश्व बैङ्कको १३ अर्ब ३३ करोड ऋण स्वीकार

विश्व बैङ्कको १३ अर्ब ३३ करोड ऋण स्वीकार

काठमाडौँ : सरकारले विश्व बैङ्कबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण अन्तर्गत उपलब्ध हुने सहुलियतपूर्ण ऋण स्वीकार गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रवक्ता पृथ्वी सुब्बा गुरुङले १३ अर्ब ३३ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको जानकारी दिए।

उनले भने,‘विश्व बैङ्कबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण अन्तर्गत उपलब्ध हुने ७४.६ मिलियन अर्थात् एक हजार मिलियन अमेरिकी डलर १३ अर्ब ३३ करोड नेपाली बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको छ।’

त्यस्तै १५ जिल्लाका दुई लाख ७१ हजार छ सय ४० गरिब परिवारको अन्तिम सूचि स्वीकृत गर्ने पनि निर्णय भएको जानकारी दिए।

उनले भने,‘राष्ट्रिय परिचयपत्र वितरण निर्देशिका २०७५को दफा १५ को उपदफा २ बमोजिम १५ जिल्लाका दुई लाख ७१ हजार छ सय ४० गरिब परिवारको अन्तिम सूचि स्वीकृत गर्ने।’

साउन १३, २०८१ सोमबार १८:०६:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।