समयको गफ दिन माहिर राजेश आफू भने सधैँ ढिला

समयको गफ दिन माहिर राजेश आफू भने सधैँ ढिला

काठमाडौँ : सार्वजनिक मञ्चहरूमा समयको महत्वबारे गफ दिन राजेश हमाल अगाडि नै हुन्छन्। तर उनको स्वभाव बिरलै तोकिएको समयमा आइपुग्छन्। उनको कार्यक्रममा लामै समय कुर्नु सामान्य नै हो।

सोमबार पनि त्यस्तै भयो। राजेश हमाल,भुवन केसी,रेजिना उप्रेती लगायत केही कलाकारले पशुपति मन्दिर पारी बिरुवा रोप्ने भनिएको थियो। समय तोकियो बिहान ७ बजे। पत्रकार तथा युटुबर बिहानै मृगस्थली पुगे। तर राजु गिरी र गौरव पहाडी बाहेक कोही समयमा आएनन्।

मृगस्थलीमा बिहान ८ बजेसम्ममा बिरुवा रोपेर सबै बाहिरिए। केही पत्रकारहरूले जति कलाकार आए त्यतिको फोटो भिडियो खिचे बाहिरिए। मृगस्थलीको ढोका बन्द गर्ने समय भयो भन्दै सुरक्षाकर्मीले गेटमा चाबी लगाए।

सबै फर्किँदै थिए, हमाल बाजागाजा सहित मृगस्थलीको बाटो तर्फ लागे। उनलाई देखेका केही पत्रकारले फोटो भिडियो खिचे तर बाँकी सबै बाहिरिए। उनले केही बिरुवा रोपेर वातावरणको बारेमा हल्का गफ दिए।

यही कार्यक्रममा निवर्तमान चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसी,रवीन्द्र खड्का, रमेश उप्रेती, नवल खड्काका साथमा अभिनेत्री नम्रता सापकोटा, रेजिना उप्रेती, अनु शाह भने पुगेनन्।

साउन १४, २०८१ सोमबार १७:१२:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।