हाइकिङ जानेहरूलाई लुट्ने समूहका एक जना पक्राउ

हाइकिङ जानेहरूलाई लुट्ने समूहका एक जना पक्राउ

काठमाडौँ : काठमाडौँको हाइकिङका लागि परिचित स्थानमा घुम्न जाने व्यक्तिहरूलाई नियन्त्रणमा लिएर लुटपाट गरेको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले काठमाडौँको चम्पादेवी, तारेभिर अनि शिवपुरी राष्ट्रिय निकुञ्जको बागद्वारमा क्षेत्रमा भएको लुटपाटमा संलग्न रहेको आरोपमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ फूलबारीका ५२ वर्षीय माइला भन्ने धनबहादुर स्याङ्ताङ पक्राउ परेका हुन्।

हाइकिङमा जानेहरूलाई खुकुरी देखाएर नियन्त्रणमा लिएर बन्धक बनाउने र उनीहरूको साथमा रहेको गहना, नगद र मोबाइल लुटपाटमा संलग्न रहेको आरोपमा उनी पक्राउ परेको हो। प्रहरीले उनको साथबाट खुकुरी र सुनका गहना फेला परेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार उनीहरुको समूहले हाइकिङमा जानेक्रममा सुनसान स्थान आइपुगेपछि खुकुरी देखाएर नियन्त्रणमा लिँदै उनीहरुलाई बन्धक बनाउने र उनीहरुको साथमा रहेको नगद, मोवाइल लगायतका सामान नियन्त्रणमा लिएर बन्धकै बनाएर छाड्ने समेत गर्ने गरेका थिए। उनीहरुले बन्धक बनाएका केही युवतीमाथि यौन दुर्व्यवहार समेत गरेका थिए।

प्रहरीले उनको समूहमा अन्य समेत संलग्न रहेको दाबी गरेको छ तर उनीहरूको नाम भने खुलाएको छैन।

सम्बन्धित समाचार

साउन १३, २०८१ सोमबार १७:०२:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।