सुनुवाइ समितिमा कृष्णमानको निवेदन 'काम गर्ने इच्छा बाँकी रहेन’

सुनुवाइ समितिमा कृष्णमानको निवेदन 'काम गर्ने इच्छा बाँकी रहेन’

काठमाडौँ : संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको आयुक्तमा अस्वीकार गर्ने सङ्केत पाएपछि कृष्णमान प्रधान आफैँ ब्याक भएका छन्। उनले सुनुवाइ समितिको सभापतिलाई सिफारिस भएको पदमा रहेर काम गर्न हौसला र इच्छा बाँकी नरहेको भन्दै पत्र पठाएका हुन्।

उनको सिफारिसबारे निर्णय गर्न समितिले सोमबार विहान ११ बजे राखेको बैठक बेलुका पाँच बजेलाई सारेको थियो। समितिको बैठकले आफ्नो नाम स्वीकार नगर्ने सङ्केत पाएपछि प्रधान आफैँ ब्याक भएका हुन्।

प्रधानमाथि बलात्कार र यौन दुर्व्यवहार लगायतका गम्भीर अपराधमा संलग्नताको आरोप लागेको थियो। उनले संसदीय सुनुवाईकोक्रममा आफ्नो बारेमा कुप्रचार भएको दाबी गर्दै आयोगको आयुक्तको रुपमा सिफारिस भएको नाम फिर्ताका लागि निवेदन दिएका हुन्।

साउन १३, २०८१ सोमबार १५:२०:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।