सहकारी ठगीमा फरारलाई देशमा फर्काउने गृहमन्त्रीको दाबी

सहकारी ठगीमा फरारलाई देशमा फर्काउने गृहमन्त्रीको दाबी

काठमाडौँ : गृहमन्त्री रमेश लेखकले सहकारी बचत रकम दुरुपयोग गरी बाहिर फरार भएका र समितिले खोजेका व्यक्तिहरूलाई देशमा ल्याउन बजेट र अन्य कुनै कारणले समस्या नहुने बताएका छन्।

सोमबार सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको भवनमा बसेको समितिको बैठकमा सहकारीको बचत रकम अपचलनमा संलग्नहरू फरार रहेको र केही कारागारमा रहेकाले फरार रहेकालाई पक्राउ गर्न र कारागारमा रहेकाहरूसँग बयान लिन सहरीकरणका लागि गृहमन्त्रीसँग आग्रह गरेका थिए।

गृहमन्त्री लेखकले समितिको निर्देशन सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको समिति सभापति सूर्य थापाले जानकारी दिए।

‘गृहमन्त्रीले फरार देशभित्र र देश बाहिर रहेका सम्पर्कमा आएका वा नआएका व्यक्तिको हकमा र आवश्यक जनशक्तिको व्यवस्था गर्नेबारे समितिको निर्देशन प्राप्त भएपछि मन्त्रालयले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले बाहिरबाट समितिले खोजेका व्यक्तिहरू देशमा ल्याउन बजेटको अथवा अरू कुनै कारणले समस्या पर्दैन भन्नु भएको छ।’

उनले गृहमन्त्रीले सहकारीको समस्यालाई सरकारले प्राथमिकतामा राखेको भन्दै संसदीय छानबिन विशेष समिति सरकारका लागि मार्ग निर्देशक बन्ने बताएको जानकारी दिए।

बैठकमा प्रहरी महानिरिक्षक वशन्त कुँवर पनि सहभागी थिए। 

साउन १३, २०८१ सोमबार १४:२९:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।