क्यानका महानिर्देशकलाई निलम्बन गरेर अनुसन्धान गर्न सांसद जबराको माग

क्यानका महानिर्देशकलाई निलम्बन गरेर अनुसन्धान गर्न सांसद जबराको माग

काठमाडौं : नेपाली कांग्रेसकी सांसद उदयशम्शेर जबराले नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीलाई निलम्बन गर्न माग गरेका छन्।

सोमबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद जबराले विदेशमा यस्ता घटना भए महानिर्देशकले राजीनामा दिने भए पनि महानिर्देशकले राजीनामा नदिएको बताए।

यस्तो अवस्थामा महानिर्देशक अधिकारीलाई निलम्बन गरेर अनुसन्धान गर्नुपर्ने उनको माग छ।

‘हाम्रो समितिको मिटिङमा हामीले जिज्ञासा राख्दा उहाँले म जिम्मेवारी लिन्छु भन्नुभयो। अरु देशमा यस्तो भयो भने राजीनामा दिने चलन छ। अहिलेको डिजीले राजीनामा दिनु पर्दैन। डिजीले राजीनामा नदिए अनुसन्धान चलिरहेको समयसम्म नेपाल सरकारले निलम्बन गर्नुपर्दैन?’

संसदीय समितिमा आएर दिएको जवाफमा आफूले जिम्मेवारी लिने बताइसकेको उल्लेख गर्दै उनलाई महानिर्देशक अधिकारीलाई निलम्बन गर्नुपर्ने विषयलाई जोड दिएका हुन्।

आईकाओले गरेको नेपालको अडिट रिपोर्टमा ६० देखि ७० प्रतिशत मार्स्क नेपालले पाएको उल्लेख गर्दै उनले दुर्घटनाको अनुसन्धान र नागरिक उड्ययन संगठनमा क्रमशः २१.५९ र ४५.४० अंक पाएको छ।

उनले यो अवस्थालाई मानव शरीरको मुटुसँग तुलना गर्दै नागरिक उड्ययन प्राधिकरणको मुटु ठिक नभएको बताए।

साउन १३, २०८१ सोमबार १४:१३:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।